करिष्माको घरमा कलाकारको होली धमाका, भाङ हालेको लड्डुले धुर्मुसलाई यस्तो तनाव(भिडियो/फोटोफिचर)

काठमाडौं–
यो पटक नेपाली चलचित्रका कलाकारहरुले सदाबहार नायिका करिष्मा मानन्धरको घरमा धमाकेदार होली पर्व मनाएका छन् ।

नेपालका चर्चित चर्चित कलाकारहरुले नायिका मानन्धरको गोदावरीमा रहेको निवासमा सङ्गहरुको पर्व होलीमा एक आपसमा रङ्ग दलेर होली पर्व मनाएका हुन् ।

उक्त होली कार्यक्रममा नेपाली चलचित्र ‘शत्रु गते’ मा अभिनित बहुसंख्यक कलाकारहरुको सहभागीता समेत रहेको थियो ।

चैत ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शत्रु गते’ लाई लगभग सबै कलाकारले अग्रिम सफल्ताको शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा अभिनेता दिपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, निता ढुंगाना लगायत सिने कलाकारले होलीको खुशीयाली साटेका थिए ।

सोही कार्यक्रममा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले भाङ हालेको लड्डुले तिरिमिरी बनाएको समेत बताएका थिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video