बहुप्रतिक्षित चलचित्र ‘शत्रु गते’ को ट्रेलर सार्वजनिक, युवतीहरुसँग मदनकृष्णको यस्तो रोमान्स (भिडियो)

काठमाडौं–
शुक्रबार बहुप्रतिक्षित चलचित्र ‘शत्रु गते’ को ट्रेलर सार्वजनिक गरिएको छ । आउदो चैत ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको कमेडी ट्रेलर सार्वजनिक भएको छ ।

काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई समावेश गरिएको छ । ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’बोलको गीतको रिलिज तथा चर्चा परिचर्चासँगै ‘शत्रु गते’ को ट्रेलरको निकै प्रतिक्षा गरिएको थियो ।

प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रको ट्रेलरमा कमेडी भरपूर छ । सार्वजनिक ट्रेलरमा ख्यातिप्राप्त हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई केही युवतीहरुसँग रोमान्टिक मूडमा देख्न सकिन्छ भने हास्यकलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा अभिनेत्री दीपाश्री निरौला रहेकी छिन् । हरिवंशको छोराको भूमिकामा पल रहेका छन् ।

चलचित्रमा अभिनेता पल शाहले पहाडिया युवक र अभिनेत्री आँचल शर्माले मधेसी युवतीको भूमिका निर्वाह गरेका छन् । चलचित्रको कथावस्तु पल र आँचलको विवाहमा बाधक बन्ने अरु पात्रहरुको वरिपरि घुमेको छ । पहिलो पटक अभिनेत्री प्रहरी इन्स्पेक्टरको भूमिकामा रहेकी प्रियंका कार्की दीपकराज गिरीसँग जोडीको रुपमा देखिएकी छिन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video