तेस्रो सातामा श्वेताको ‘कान्छी’

काठमाडौं–
अन्ततः श्वेता खड्काको कान्छीले तेस्रो साताको प्रदर्शन यात्रा तय गरेको छ । गत फागुन ११ गतेदेखि प्रदर्शन आएको कान्छी १८ गतेको शुक्रबारदेखि पनि दर्जन बढी हलहरुमा लागिरहेको छ ।

तेश्रो सातामा पनि श्वेताको फिल्मले मल्टिप्लेक्समा शोज पाइरहेको छ । सम्पूर्ण दर्शकलाई धन्यवाद, कोहिनूर पछि कमब्याक भएकी श्वेताले भनिन्, म र मेरो टिमलाई गर्नु भएको विश्वास प्रति हामी सबै कृतज्ञ छौं ।

रिलिज अगाडी नै लगानी सुरक्षित गरेकी श्वेताले सार्वजनिक प्रदर्शनको व्यापारिक हिसाब किताब भने सार्वजनिक गरेकी छैनन् । मलाई पैसा भन्दा पनि दर्शकको माया चाहिएको थियो, जुन मैंले पाए ।

पैसा कति कमाएँ हिसाब नै गरेको छैन्, श्वेता भन्छिन् । आकाश अधिकारीको निर्देशन रहेको कान्छी मा श्वेतासँगै अभिनेता दयाहाङ राई, निर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनौद न्यौपाने, भूमिका श्रेष्ठ, दीलिप पन्त लगायत कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video