टुँडिखेलमा उर्लियो हजारौको जनसागर, प्रधानमन्त्री ओली र रबी लामिछानेसहित हजारौले भने बुद्ध नेपालमा जन्मिएका हुन् (भिडियो/फोटोफिचर)

काठमाडौं–
शनिबार काठमाडौंको टुँडिखेलमा करिब ७५ हजार भन्दा धेरै मानिस एकैपटक जम्मा भएर बुद्ध नेपालमा जन्मिएका हुन भनेका छन् ।

निकै समय अघिदेखि प्रचार प्रसार हुँदै आएको फागुन १९ मा राजधानीको टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पत्रकार रबी लामिछानेसम्मको उपस्थितिमा हजारौ नागरिक सहभागी भएका हुन् ।

सानासाना विद्यार्थी, कलाकार, सर्वसाधारण नागरिकदेखि विभिन्न ओहदामा रहेका नागरिक सहभागी भएर एकैपटक बुद्ध नेपालमा जन्मिएको उदघोष् गरेका हुन् । एकैपटक ७५ हजार भन्दा बढी नागरिक सहभागी भएर बिश्वलाई वल्र्ड रेकर्ड राखेको सन्देश दिन उपस्थित भएको पत्रकार रबी लामिछानेले उद्घोष गरेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीको सहभागीताले दर्शकहरु थप हौसिएका थिए । कार्यक्रममा कलाकारहरुले विभिन्न प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video