दयाराम दाहालद्वारा लिखित कविता संग्रह ‘शब्द–संग्राम’ सार्वजनिक

काठमाडौं–
वरिष्ठ चलचित्र निर्देशक दयाराम दाहालको कविता संग्रह ‘शब्द–संग्राम’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीको गहना पोखरीस्थित क्याम्पियन काठमाण्डौं सेकेण्डरी स्कूलमा आयोजना गरिएको एक कर्याक्रममा उक्त कविता संग्रहको बिमोचन गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका रक्षामन्त्री इश्वर पोखरेल, संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी, बरिष्ठ साहित्यका रोचक घिमिरे, अभिनेता निखिल उप्रेती लगायतले उक्त कविता संग्रहको संयुक्त रुपमा लोकार्पण गरेका हुन् । लेखकका रुपमा पाठक माझ आएका दाहाल हुनत् चलचित्रका निर्देशक हुन् । उनी यसअघि चलचित्रमा कथा र गीत लेखन विधामा पहिले देखि नै सक्रिय रहदै आएका थिए ।

तथापी विधिवत् रुपमा निर्देशक दाहालद्वारा लिखित कवितासंग्रह ‘शब्द–संग्राम’ बजारमा आएको हो । ‘नेपाली चलचित्र क्षेत्रका एक गह्रौं नाम हो, दयाराम दाहाल । थुप्रै राम्रा चलचित्र बनाउंनु भएको छ, अहिले कविता पनि देश, जनता अझ बिशेषगरी राजनीतिक गर्ने मासिनहरुका लागि कविता सग्रह ‘शब्द(संग्राम’ प्रकाशित भएको अनुभुत गरेको छु’ कार्यक्रमका बीच बोल्दै मन्त्री पोखरेलले सुनाए ।

डिकुरा पब्लिकेशनद्धारा प्रकाशित ‘शब्द–संग्राम’ मा निर्देशक तथा लेखक दाहालले आफ्नो चलचित्र क्षेत्रको शरुवाती काल खण्ड देखि वर्तमान अवस्था सम्मको कुराहरु उतारेका छन् । साहित्यकारद्वय रोचक घिमिरे र डा. कृष्णहरी बरालले पाठकहरुले यो कविता संग्रह पढ्नै पर्ने स्मरण गराए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video