जाउलाखेलमा धमाकेदार ‘सनम पुरी बलिउड लाइभ’, यस्तो देखियो सनमप्रति दर्शकको क्रेज (भिडियो)

काठमाडौं–
शनिबार ललितपुरको जाउलाखेलमा ‘सनम लाइभ कन्सर्ट इन नेपाल २०१८’ सम्पन्न भएको छ । निकै प्रतिक्षित कार्यक्रमका रुपमा रहेको सनम पुरी बलिउड लाइभमा सनमका फ्यानहरुको क्रेज निकै हेर्न लायक देखिन्थ्यो । खचाखच दर्शकले भरिएको कन्सर्टस्थलमा सनम पुरीको इन्ट्रि हुँदै उपस्थित हजारौ दर्शकले सनमको नाम लिदै हुटिङ समेत गरेका थिए ।

सनमले उनका निकै चर्चित गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । उक्त कार्यक्रममा नेपाली कलाकारले पनि आफ्ना विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए । सनमले प्रस्तुति दिईरहदा मुख्यतया युवतिहरुको क्रेज निकै हेर्न लायक देखिन्थ्यो ।
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video