दुई रुपैयाँ टिमले निमार्ण गर्न लागेको अनटाइटल फिल्मको टाइटल ‘डामाडोल’

काठमाडौं–
दुई रुपैयाँ निर्माण गरेको टिमले घोषणा गरेको अनटाइटल चलचित्रको टाइटल फाइनल भएको छ । यो बर्षकै सुपरहिट चलचित्र सावित भएको ‘दुई रुपैयाँ’ का निर्माता समेत रहेका अभिनेता आसिफ साहका अनुसार अब निर्माण हुने चलचित्रको नाम ‘डामाडोल’ तय भएको हो ।

डामाडोलको अर्थ भनेको सवै काम विग्रनु अथवा लथालिङ्ग हुनु भन्ने बुझिन्छ । तसर्थ उक्त टाइटल अनुसार के बुझ्न सकिन्छ भने डामाडोल पनि कमेडी विधामा बन्न लागेको फिल्म हो । चलचित्रको छायांकन बैशाख १५ देखि हुने आसिफको भनाई छ । बैशाख १५ गतेदेखि शुटिङ मिति तय भएपनि स्क्रिप्ट लेख्न भन्दा पनि गीत छनौट कार्यले तनाव उत्पन्न गरेको उनको भनाई छ ।

उनका अनुसार निर्माण टिम आकर्षक गीतको खोजिमा लागिरहेको छ । दुई रुपैयाँ फिल्मको कुटुमा कुटु गीतले नेपालको साँगितिक बजारको इतिहासमै ५ करोड युट्यूब भिजिटको अदभूत रेकर्ड राखेपछि आसिफको टिम त्यस्तै पावरफूल गीतको खोजीमा भौतारि रहेको उनको उक्त भनाईले प्रष्ट पारेको छ ।

 

यदि नयाँ फिल्मका लागि कुटुमा कुट लेभलको गीत निर्माण गर्न नसकेमा उनको टिम भित्र एक किसिमको फेलियर पन महसुश हुने अवस्था पनि छ त्यसकारण आसिफको टिमले ठूलै समूह परिचालन गरेर गीत निर्माण गर्न मिहिनेत गरिरहेको छ अहिले ।अब निर्माण हुने चलचित्रको दुई रुपैयाँकै निर्देशक असिम शाहले गर्ने पक्का भैसकेको छ । प्रचण्ड मान श्रेष्ठ स्क्रिप्ट डिपार्टमेन्टमा सुपरिवेक्षकका रुपमा रहने बुझिएको छ । डामोडलको मुख्य कथा आसिफ आफैले लेखेका हुन भने स्क्रिनप्ट राईटिङमा प्रज्ञान थापाको उनलाई साथ रहेको छ । आउँदो बर्षको असोज ५ गते डामाडोलको रिलिज मिति तय गरिएको निर्देशक साहको भनाई छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video