एकनारयण भण्डारीको शब्दमा पृथक शैलिको सालैजो ‘भुम्ली चोक’ बजारमा (भिडियो)

काठमाडौं–
निकै चर्चित सर्जक एकनारण भण्डारीको शब्द रहेको तथा कृष्ण एम गुरुङको प्रस्तुति रहेको पृथक शैलिको सालैजो ‘भुम्ली चोक’ सार्वजनिक भएको छ । चर्चित गायक तथा सर्जक प्रसाद खप्तरी मगरको लय रहेको गीतमा गोरखा जिल्लाको भुम्ली चोक आसपासको कुरालाई गीतमा समेट्ने प्रयास गरिएको छ । यो गीतलाई मिक्स शैलिको सालैजो भाकामा तयार गरिएको छ

मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा चर्चित गायक युबराज मगर, प्रसाद खप्तरी मगर चर्चित गायिका कृष्ण एम गुरुङ ,मिना गर्बुजा र जुन श्रीस मगरको आबाज रहेको छ । कमल सौरागको संगीत संयोजन रहेको गीतमा कुमार राना मगरको मिक्सिङ रहेको छ ।

यो गीतको भिडियोमा खेम गुरुङ र मोनिका गुरुङ को मुख्य अभिनय छ भने मौसम हिमालीको निर्देशन, करण चैसिर को छायांकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई सुनाखरी मल्टिमिडिया फाउन्डेसन प्रा लिले निर्माण गरेको हो । यो गितलाई खुशी ईभेन्ट्स ले बजार ब्यवस्थापन गरेको हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video