राजेन्द्र खड्गी जेल चलान

काठमाडौं–
मानवतस्करको आरोप लागेका नेपाली सिने जगतका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ । उनलाई कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप लागेको छ ।

जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अहिले उनलाई केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।शुक्रबार जिल्ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले खड्गीलाई जेल चलान गर्न आदेश दिएको सीआर्इबीले जनाएको छ ।

सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली सहित कोरिय गएपनि फर्किने बेलामा नेपाल भने दुई जना मात्रै आएका छन् ।त्यसबारे दक्षिण कोरियास्थित नेपाली दूतावासले सीआर्इबीलार्इ जानकारी गराएपछि अनुसन्धान थालिएको थियो । खड्गीले प्रहरी सामू उनीहरूलार्इ कोरिया लगेको स्वीकार समेत गरेका छन् ।उनले सबैले लगिरहेकाले आफूले पनि लगेको भन्दै त्यसरी लैजानु अपराध हुन्छ भन्ने आफूलाई थाहा नभएको बताए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video