‘गाँजा बाजा युवाहरुको गाँजा हन्टिङ्गको कथा हो’– निर्देशक पाण्डे

पोखरा–
नामकै कारण निर्माण घोषणा देखी नै विवादमा फसेको फिल्म ‘गाँजा बाजा’ को चर्चा ट्रेलर रिलिज पछि अझ चुलिएको छ ।
ट्रेलरमा समावेश डाइलगका कारण सेन्सरका समयमा पुन बिवाद उत्पन्न हुने त है भन्ने प्रश्न पनि उत्पन्न भएको छ ।
‘‘गाँजा बाजा भुकम्प पश्चातको समयमा युवाहरुको गाँजा हनटिङ्गको कथा हो’ पोखरामा फिल्मका निर्देशक गणेश देव पाण्डेले भने ‘फिल्म गाँजाको नशाको लागी जे पनि गर्नेहरुको एक दिनको कथा हो ।

’निर्देशक पाण्डेको पहिलो फिल्म ’मन्जरी’ नेपाली दर्शक धेरैले मन पराए । मञ्जरी तामील फिल्म ‘काधला’ को नेपाली रिमेक हो । निर्देशक पाण्डेले ‘‘गाँजा बाजा’ कुनै पनि फिल्मको रिमेक वा एडप्टेड नभएकोे दाबि गरे । फिल्ममा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतको अभिनय रहेको छ ।

याकोपो रास्लिकले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी निर्माता हुन् ।‘टुका इन्टरटेन्टमेन्ट’ र ‘डिआर फिल्मस्’को व्यानरमा निर्माण भएको फिल्म फागुन २५ गते देखि प्रदर्शन हुदैछ ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video