सुनिल गिरीको ‘को होला त्यो– ३’ मा कृष्टिनालाई टोलाउदै पल शाह (भिडियो)

काठमाडौं–
‘को होला त्यो’ र ‘को होला त्यो– २’(तिमी आउछ्यौ कि) गीतको अपार सफल्तापछि गायक सुनिल गिरी एल्वम् ‘यो मन’ भित्र रहेको ‘को होला त्यो– ३’ (टोलाउदै होला) लिएर दर्शकमाझ आएका छन् । गाय गिरीलाई गायिकाहरु टिका प्रसाईं र बेनुका राईले स्वरमा साथ दिएका छन् । गायक गिरीकै शब्द तथा संगीतमा बनेको यो गीतको भिडियोमा चर्चित युवा स्टार पल शाह तथा कृष्टिना थापाको फिचरिङ रहेको छ ।
यो गीतको छायांकन सिकिमका अत्यन्तै मनोरम स्थान लाचेन, लचुङ तथा युमथाङ लगायत स्थानमा गरिएको छ । यो गीतको भिडियोमा पल र कृष्टिनाको अलवा सेल्डन वाङ्ग्मु तथा छोडेन शेर्पा लगायत बाल कलाकारको समेत अभिनय रहेको छ । कृपा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गतिमा रिकेश गुरुङको एरेञ्ज रहेको छ ।

सञ्जिव बराईलीको गितार, गोपालदेवको बाँसुरी तथा भुवन गन्धर्बको मादल तबला रहेको गीतमा बेस गितार भने अनुप दासको रहेको छ । सुनाखरी मल्टिमिडिया तथा बारकोड नेपालको प्रस्तुति रहेको गीतको म्युजिक भिडियोलाई अनिल कुमार मानन्धर अनिक्विरेल’ले निर्देशन गरेका हुन् । यो गीतको म्युजीक भिडियोको छायांकन तथा सम्पादन पवन सिम्खडाले गरेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video