लगनगाँठो कस्दै नायिका अशिष्मा नकर्मी, तर, को सँग ?

काठमाडौं–
मोडल तथा नायिका अशिष्मा नकर्मी बिवाह बन्धनमा बाँधिने भएकी छिन् । करिब डेढ दशकदेखि मोड्लिङ क्षेत्र हुँदै सिने जगतमा प्रवेश गरेकी नायिका नकर्मीले अर्धकट्टी,राघव,तोरीलाउरे, लभ यु बाबा,अन्तराल, बाटो मुनिको फुल२, तथा सम्रक्षण लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

नेपाल भाषाको चलचित्र ‘लाखे भाजुकि’ निर्मात्री समेत रहेकी नकर्मीले आउदो फागुन २८ गते ब्यवसायी चन्द्र प्रधानसँग लगनगाँठो कस्न लागेकी हुन् । बानेश्वरका स्थायी बासिन्दा प्रधानसँग नायिका नकर्मीले मागी बिवाह गर्न लागेको उनको पारिवारिक स्रोतले जनाएको छ । उनी नेपालि चलचित्रमा मात्र नभई आफ्नै मातृ भाषाको चलचित्रहरुमा समेत निकै सक्रियपूर्वक लागेको पाईन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video