‘पण्डित महाराज’को अवतारमा देखिदै अनुप विक्रम शाही

काठमाडौं–
अभिनेता अनुप विक्रम शाही फागुन २५ गतेदेखि चलचित्र ‘हुर्रे’ मा पण्डित महाराज बनेर पर्दामा उदाउदैछन् । अभिनेता शाही खलपात्रको परिभाषा बदल्ने अभिनेताको रुपमा परिचित भएका पात्र हुन् । दर्शकले पर्दामा अभिनेता शाहीलाई पोजेटिभ तथा नेगेटिभ दुबै भूमिकामा रुचाउदै आएका छन् । निकै चर्चा सहित हालै मात्र प्रदर्शनमा आएको चलचित्र ‘कृ’ मा उनी भिलेन (निगम बाबा) को रुपमा देखिएका छन् ।

यसअघि कहिले पनि पण्डितको भूमिकामा नदेखिएका अनुपले फरक–फरक भूमिका आफ्नो रुची रहेको बताउने गर्छन् । फरक भूमिकामा रमाउने गरेका अभिनेता शाहीलाई ‘हुर्रे’ का लागि केश मुण्डन गर्दा मन अमिलो भएको अनुभव समेत रहेको छ ।

आफ्नो हातमा ब्याक टू ब्याक चलचित्र भएकै कारण पनि केश मुण्डन अनिवार्य रहेको उनको बुझाई छ । उनले आफूले पाउने भूमिकामा कुनै कञ्जुस्याई समेत नगर्ने प्रष्ट पारे । उनले भने, ‘सायद सबै कलाकारका लागि आफ्नो कपाल काट्नु पर्ने चाहीँ सबैभन्दा ठूलो चुनौती हो जस्तो लाग्छ ।’अभिनेता शाहीले आफैलाई न्याचुरल देखाउनकै लागि केश मुण्डन गरेको बताए ।

आफ्नो मान्छे पशुपति मन्दिरमा पण्डित भएका कारण पनि ‘हुर्रे’ मा ‘महाराज’ को भूमिका निर्वाहा गर्न सजिलो भएको उनको भनाई छ । पहिलोपटक पण्डितको अवतारमा देखिन लागेका अनुप दर्शकका लागि पक्कै पनि नयाँ बन्ने पक्का छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video