माग्नेबुढाका बाउको सम्झनामा ‘माग्नेबुढा’ को बाल्यकाल यस्तो, छोरालाई माग्ने बुढा भन्दा के भन्छन् उनी ? (भिडियोसहित)

काठमाडौं–
हाँस्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ का पिता कृष्णप्रसाद घिमिरेले आफ्नो छोराको नाम माग्ने बुढा हँदा आफूलाई गर्व लागेको बताएका छन् । आफ्नो छोरा माग्नेको बाल्यकाललाई सम्झेर बुवा कृष्णप्रसाद निकै रोमाञ्चित भए ।

आफ्नो छोरालाई वकिल बनाउने रहर पालेका कृष्णप्रसादले छोरा वकिल हुन नसकेर कलाकार भएकोमा पनि निकै खुशी व्यक्त गरे । सानोमा उनले छोरालाई सबै बन्नु गोरुको पछि नलाग्नु भनेर सम्झाउने गर्थे ।

सानोमा छोरा माग्ने बुढालाई घाँस काट्न पठाउदा उनले घाँसको सट्टा रुखै काटेर ल्याउने गरेको उनी स्मरण गर्छन् । छोरा माग्ने बुढा सानैदेखि चत्तुर भएको उनी सम्झन्छन् । पहिलोपटक छोरालाई माग्नेबुढाको रुपमा देख्दा निकै गर्व लागेको उनले बताए ।

अहिले बाटोमा हिड्नेहरुले माग्नेबुढाको बुवा भन्दा भन्दै माग्ने बाउ भन्न थालेको उनी सम्झन्छन् । तर, निकै दुःखी हुँदै कृष्णप्रसादले भने, ‘छोराले यति प्रगति गर्दापनि सानै उमेरमा बितेकी उसकी आमाले देख्न नपाउदा निकै दुःख लाग्छ’
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video