‘लिलिबिली’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं–
युवास्टार प्रदिप खड्काको अभिनय रहेको बहुप्रतीक्षित चलचित्र ‘लिलिबिली’ को ट्रेलर सार्वजनिक गरिएको छ । लभस्टोरी चलचित्रको रुपमा रहेको मिलन चाम्सले निर्देशन गरेको चलचित्र चैत ३० देखि प्रदर्शनमा आउने तयारीमा रहेको छ । यो चलचित्रको  दुई गीत यसअघि नै सार्वजनिक भइसकेका छन् ।

युरोपियन देश स्कटल्याण्ड, लन्डन र टर्कीको स्थानबुल तथा नेपालमा समेत छायांकन गरिएको चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको चलसचत्र काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video