प्रदर्शन मिति नजिकिदै गर्दा ‘शत्रु गते’ को निर्माण टिम देश दौडाहामा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं–
चैत्र ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको निकै चर्चा–परिचर्चामा रहेको प्रतिक्षित चलचित्र ‘शत्रु गते’ को निर्माण युनिट तथा कलाकारको टोली फागुन २३ गतेदेखि देश दौडाहामा जान लागेको छ । चलचित्रको प्रसार प्रसार गर्ने उद्देश्यले चलचित्रको निर्माण टिम तथा कलाकारको टोली देश दोडाहामा जान लागेको निर्माण टिमले जानकारी गराएको छ ।

निर्माण टिमले जनाए अनुसार फागुन २३ गते हेटौडा, २४ गते नारायणघाट, २५ गते बुटवल, तथा २६ गते पोखरा जाने कार्यक्रम रहेको छ । त्यस्तै, चलचित्र निर्माण टिम तथा कलाकारको टोलीले २८ गते विर्तामोड, २९ गते दमक हुँदै ३० गते इटहरीमा पुगेर देशदौडाहाको समापन गर्ने तयारीमा रहेको बुझिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले चलचित्रको प्रचार प्रसारलाई तिब्र बनाउन लागेको हो । केही दिन पहिले मात्रै ट्रेलर सार्वजनिक भएको यो चलचित्रका दुई गीत सार्वजनिक भैसकेका छन् ।

यो चलचित्रको ‘रुपै मोहनी’ बोलको गीत यतिबेला निकै चर्चामा रहेको छ । प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रको ट्रेलरमा कमेडी भरपूर छ । सार्वजनिक ट्रेलरमा ख्यातिप्राप्त हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई केही युवतीहरुसँग रोमान्टिक मूडमा देख्न सकिन्छ भने हास्यकलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा अभिनेत्री दीपाश्री निरौला रहेकी छिन् । हरिवंशको छोराको भूमिकामा पल रहेका छन् ।

चलचित्रमा अभिनेता पल शाहले पहाडिया युवक र अभिनेत्री आँचल शर्माले मधेसी युवतीको भूमिका निर्वाह गरेका छन् । चलचित्रको कथावस्तु पल र आँचलको विवाहमा बाधक बन्ने अरु पात्रहरुको वरिपरि घुमेको छ । पहिलो पटक अभिनेत्री प्रहरी इन्स्पेक्टरको भूमिकामा रहेकी प्रियंका कार्की दीपकराज गिरीसँग जोडीको रुपमा देखिएकी छिन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video