पत्रकारको प्रश्नको कडा प्रहारमा प्रदिप, यस्तो दिए प्रदिपले जवाफ(भिडियोसहित)

काठमाडौं–
मंगलबार राजधानीमा चलचित्र ‘लिलिबिली’ को ट्रेलर सार्वजनिक कार्यक्रममा नायक प्रदिप खड्कालाई पत्रकारले प्रश्न सोधेर र्याख्र्याख्ती पारेका छन् । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा निर्माण टिम र सहकर्मी कलाकारका साथ नायक प्रदिप र नायिका जसिता गुरुङ उपस्थित रहेका थिए ।

पत्रकारले नायक प्रदिपलाई अरु कलाकारसँग खेल्दैन भनेको कुरालाई लिएर पत्रकारले प्रश्न सोधेपछि उनले आफूले त्यस्तो नबोलेको प्रष्ट पारेका थिए । उनले आफूले कहिले पनि त्यस्तो नबोलेको प्रष्ट पारेका थिए ।

दिन प्रतिदिन लोकप्रियता बढ्दै गएका प्रदिप झन् झन् क्युट पनि हुँदै गएका छन् । त्यस्तै चलचित्र ‘लिलिबिली’ बाट डेब्यु गरेकी जसिता गुरुङको काम भने पहिलेदेखि चलचित्रमा काम गरिसकेको जस्तो देखिएको छ ।

उनले निकै मिहिनेतपूर्वक काम गेरेकी छिन् । युरोपियन देश स्कटल्याण्ड, लन्डन र टर्कीको स्थानबुल तथा नेपालमा समेत छायांकन गरिएको चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको चलसचत्र काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो । मिलन चाम्सले निर्देशन गरेको चलचित्र चैत ३० देखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video