‘लिलिबिली’ को ट्रेलर सार्वजनिक कार्यक्रममा जसिताका ५ हट तस्विर (फोटोफिचर)

काठमाडौं–
मंगलबार काठमाडौंमा चलचित्र ‘लिलिबिली’ को ट्रेलर सार्वजनिक कार्यक्रममा नायिक जसिता गुरुङ निकै हट रुपमा प्रस्तुत भएकी थिईन् । चलचित्र ‘लिलिबिली’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी नायिका गुरुङको चलचित्रमा अभिनय गरेको हर्दा कसैले पनि नवनायिका भन्दैन । उनको अभिनय र रुपको चारैतिर प्रशंसा समेत भैरहेको छ ।

नेपाल बाहिर बसोबास गर्ने नायिका गुरुङ मंगलबार चलचित्रका निर्माण टिमसँगै कार्यक्रममा सहभागी भएकी थिईन् । उनी चलचित्रमा युवा स्टारर प्रदिप खड्कासँग देखिएकी छिन् ।

कार्यक्रममा उपस्थित नायिका गुरुङ निकै हट र सेक्सी देखिएकी थिईन् । निर्देशक मिलन चाम्सले उनको खुलेर प्रशंसा समेत गरेका थिए ।

काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा निर्माण टिम र सहकर्मी कलाकारका साथ नायक प्रदिप र नायिका जसिता गुरुङ उपस्थित रहेका थिए ।उनले चलचित्रमा निकै मिहिनेतपूर्वक काम गेरेकी छिन् ।

युरोपियन देश स्कटल्याण्ड, लन्डन र टर्कीको स्थानबुल तथा नेपालमा समेत छायांकन गरिएको चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको चलसचत्र काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो । मिलन चाम्सले निर्देशन गरेको चलचित्र चैत ३० देखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video