आफू एक शुसिल बुहारी भएको शिल्पाले खुलासा गरिरहदा छविराजका छोराको आफ्नै बाउलाई यस्तो काउन्टर (भिडियो सहित)

काठमाडौं–
बाघ निर्माता भनेर चिनिने निर्माता छविराज ओझाले निर्माण गरेको चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु’ बोलको गीतले ले एक करोड भन्दा बढि भ्युज पाएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर गीतको भ्युज एक करोड पुगेको उपलक्षमा केक समेत काटिएको छ ।

लोक लयमा आधारित उक्त गीतमा पुष्प खड्का र शिल्पा पोखरेल फिचरिङ छन् । गीतमा दीपक शर्माको संगीत तथा शब्द छन् भने कृष्ण काफ्ले र विन्दु परियारले स्वर दिएका छन् ।

 

चलचित्र ‘मंगलम’ का कलाकार लगायत अन्य बरिष्ठ कलाकार तथा सञ्चारकर्मीको उपस्थितिमा केक काटिएको हो । बरिष्ठ कलाकार निर शाह देखि मिथिला शर्मासम्मको कार्यक्रममा उपस्थिति रहेको थियो । कलाकार निर शाह, मिथिला शर्मा तथा अन्य कलाकारले चलचित्रको सफल्ताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सबैभन्दा आकर्षणको केन्द्रमा चलचित्रको निर्माता छवि ओझा र प्रस्तुतकर्ता शिल्पा पोखरेल रहेका थिए । कार्यक्रममा बोल्दै नायिका तथा प्रस्तुतकर्ता शिल्पा पोखरेलले आफू सालिन तथा आज्ञाकारी भुमिकामा देख्न सक्ने बताईन् ।

उनले पहिलोपटक निर्माणमा हात हालेको भन्दै सबैलाई साथ दिन आग्रह समेत गरिन् । कार्यक्रममा छविराजको पे्रमिका भनेर प्रचार हुँदै आएकी शिल्पालाई छविराजकी श्रीमती भनिदिदा उनी लाजले भुत्तुकै भएकी थिईन् ।

त्यस्तै, कार्यक्रममा बोल्दै निर्माता छविराज ओझाका पुत्र साकार ओझाले आफ्नो बाउ छवि ओझालाई फिल्म बनाउन नजानेको आरोप लगाउने गरेको बताए । उनले आफूले अहिलेसम्म छविराज ओझाले बनाएको दुईवटा मात्रै चलचित्र हेरेको स्मरण गरे । यद्यपि मंगलमको निर्माता समेत रहेका साकारले मंगलमलाई जीवनमा पहिलो पटक राम्रो फिल्म बनाएको भनेर तारिफ गरेको बताए ।

उनले आफू नेपाली फिल्म भन्दा पनि बिदेशी फिल्मको दर्शक भएको भनेर आफ्नै बाबुलाई काउन्टर दिएका थिए । चलचित्रमा पुष्प, शिल्पासहित साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज पर्साइँ, नीर शाह, मिथिला शर्मा लगायतले अभिनय गरेका छन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । गोविन्द फुयाँल र नवल नेपालले संवाद लेखेको चलचित्रमा अलिश कार्कीको पाश्र्व संगीत छ भने विष्णु कल्पित घिमिरेले फिल्मको छायांकन गरेका छन् । चलचित्र ‘मंगलम’ काठमाडौंका सम्पुर्ण हल तथा काठमाडौं बाहिरका ६५ वटा हलहरुमा फागुन २५ गतेदेखि प्रर्दशन हुँदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video