गाडीको पैसा मागेको र बाउन्स चेक दिएको भन्दै एपी वानविरुद्ध खनिए नेपाल आइडल बुद्ध लामा (भिडियो सहित)

काठमाडौं–
पहिलो नेपाल आइडल बनेका बुद्ध लमा यतिबेला निकै तनाबमा छन् । बुद्ध करिब ८ महिना पहिले एपी वान टेलिभिजनले आयोजना गरेको ‘नेपाल आइडल’ बाट पहिलो नेपाल आइडल बन्दा जति खुशी थिए अहिले त्यतिकै तनाबमा छन् । उनले नेपाल आइडल आयोजना गर्ने एपी वानबाट न्याय पाउनका लागि आफ्नो अडियो क्लिप सामाजिक सञ्जालमा पोष्ट गरेर भाईरल गराइदिन सबैलाई आग्रह समेत गरेका छन् ।

 

 

पहिलो नेपाल आइडल बुद्धले पोष्ट गरेको अडियो क्लिपमा नेपाल आइडल भएपछि झन् उनले तनाब बेहोरेको उल्लेख गरेका छन् । हेर्नेहरुलाई लाग्न सक्छ नेपाल आइडल भएपछि बुद्धले गाडी पाए, पैसा पाए, एल्वम पनि निकाल्न पाए, यो हेर्ने र सुन्नेहरुका लागि मात्र भयो तर, बुद्धका लागि हुन सकेन । बुद्धका अनुसार त्यतिबेला पाएको गाडी ट्याक्स नतिरी ल्याएको रहेछ । अहिले ट्याक्स तिर्न ८/१० लाख रुपैंया माग्दा बुद्धलाई हैरानी भएको छ । न त एपी वानले दिएको चेकमा पैसा छ ।

 

बुद्ध भन्छन्, ‘करिब ८ महिनादेखि पैसा साट्न बैंक धाएको धायै छु तर, एकाउन्टमा पैसा छैन, चेक बाउन्स रहेछ ।’ ‘गाडी ट्याक्स नतिरी ल्याएको रहेछ, ट्याक्स तिर्न ८/१० लाख रुपैंया माग्छ, घरमा पैसा छैन, मैले कहाँबाट तिर्ने ?’ बुद्ध भन्छन् । न त एपी वानले अहिलेसम्म बुद्धलाई एल्वम् नै निकालिदिएको छ । नेपाल आइडल भएपछि करिब एक करोड पाउनुपर्ने बुद्ध अहिलेसम्म सबै कुराबाट बञ्चित रहेका छन् । यो कुरा एपी वानको निकै गैरजिम्मेवार कदम देखिन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video