पहिलोपटक ‘मिस्टर इन्टरनेश्नल’ मा नेपालको सहभागिता, साजिद अलामले गर्दै छन् प्रतिनिधित्व (फोटोफिचर)

काठमाडौं–
पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर इन्टरनेश्नल’मा पहिलोपटक नेपालले सहभागिता जनाउने भएको छ। नेपालको लागि बिराटनगरका साजिद अलामले प्रतिनिधित्व गर्ने भएका हुन्।

उनी मिस्टर इन्टरनेश्नल २०१८ का शीर्ष विजेता हुन् भने म्यान हन्ट नेपाल २०१८ का सेकेन्ड रनर्स अप हुन्। मिस्टर इन्टरनेश्नल २०१८ प्रतियोगिताको १२ औं संस्करण हो।

तर नेपालको लागि भने चाहिं यो प्रतिनिधित्वको पहिलो अवसर हो। उनले भने, ‘यस्ता अन्तराष्ट्रिय प्याजेन्टमा सहभागिता जनाउन पाउनु ठूलो अवसर हो।

सँगै आफैले यसको फ्रेन्चाइज नेपालमा ल्याउनु चुनौती र गर्व एकसाथ महसुस हुने रहेछ।’

योपटक प्रतियोगिता म्यानमारको नेसनल थिएटर अफ यागोनमा हुँदैछ। अप्रिल ३० को दिन हुने फिनालेमा ३० प्रतिस्पर्धी हुनेछन्। विजेतालाई मिस्टर इन्टरनेश्नल २०१७ पल इस्कन्दरले ताज पहिराउने छन्।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video