आकाश र आँचल स्टारर चलचित्र ‘ब्ल्याक’ को गीत सार्वजनिक(भिडियो)

काठमाडौं–
नेपाली चलचित्र ‘ब्ल्याक’ को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम आयोजनाकासाथ अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा स्टारर फिल्म ‘ब्ल्याक’ को ‘चङ्गा जस्तै’ बोलको गीत सार्वजनिक गरिएको हो ।

प्रतिक पौडेलको स्वर, शब्द र संगीत रहेको गीतमा आकाश फिचर छन् । आज सार्वजनिक गीत गीत मुख्यतः युवा पुस्तालाई लक्षित गरिएको छ । आकाश सहित उनको टिमलाई गीतमा  कहिँकतै पार्टी मुडमा कतै जर्नी तथा विन्दास अवतारमा देखिएको छ । लभस्टोरी जनराको फिल्मको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

चलचित्रको कथाले मन छोएका कारण आफू चलचित्र खेल्न राजी भएको अभिनेता आकाशको भनाई छ । निर्देशक प्रदिप श्रेष्ठले चार बर्ष पश्चात निर्देशन गरेको यो चलचित्रमा पछिल्लो पुस्ताका दर्शकको मनोभावना बुझ्ने कथामा चलचित्र निर्माण गरेको दाबी गरे । आश्मा पाण्डे निर्माता रहेको चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् । निर्माता समेत रहेकी पाण्डेले लगानीको प्रतिफल राम्रो पाउने आशा गरेको जनाईन् । रामशरण उप्रेतीको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video