बसन्तको निर्देशनमा कम्मर मर्काउदै पवित्रा (भिडियो)

काठमाडौं–
निर्देशक बसन्त निरौलाको निर्देशनमा तयार भएको गीतको म्युजीक भिडियो सार्वजनिक भएको छ । नारी दिवसको अबसर पारे कालिञ्चोकको मनोरम दृश्य झल्काउँदै निर्माण भएको म्युजीक भिडियो सार्वजनिक गरिएको हो । “हिउँ जस्तै सफा मन, हिउँको जस्तै कोमल तन” बोलको उक्त गीतलाई हिउँ परेकै समयको अबसर पारेर कालिञ्चोकमा खिचिएको थियो ।

पारू रञ्जितको स्वर रहेको उक्त गीत गायिक पारुकै एल्बम ‘मनको आवेग’मा समेटिएको छ । ‘अभिनेत्री पवित्रा आचार्य फिचरिङ गीतको भिडियोमा गीतको भिडियोमा कोरियोग्राफी पनि पवित्राले नै गरेकी हुन् ।

लोक प्याटनमा रहेको गीतमा देव पुनको शब्द संगीत रहेको छ । दिव्य सुवेदीको छायांकन रहेको गीतमा देशको राष्ट्रियता झल्काउने शब्दका साथै सोहि प्रकारको भेषभुषा समेत समाबेश गरिएको छ । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई विरेन्द्र रंजितले निर्माण गरेका हुन् ।

 

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video