फ्राईडे रिलिज अन्तर्गत: तीन चलचित्रको घम्साघम्सी

काठमाडौं–
शुक्रबार एकैसाथ तीन चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘हुर्रे’, ‘मंगलम’ र ‘गाजाबाजा’ फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी प्रदर्शनमा आएका हुन् । निर्देशक यम थापाको लेखन तथा निर्देशनमा निर्माण भएको कमेडी जनराको चलचित्र ‘हुर्रे’ मा राजाराम पौडेल, केकी अधिकारी, अंकित खड्का, अनुपबिक्रम शाही, संगीता नापित लगायत कलाकारको मुख्य भूमिका रहेको छ । नायिका केकीले यो चलचित्रमा पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निभाएकी छिन् ।
उता अनुपबिक्रम भने पण्डित महाराज बनेर पशुपति मन्दिरमा पुजापाठ गर्दै गरेको देखिन्छन् । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जे निर्माता रहेको ‘हुर्रे’ लाई चन्दन दत्तले सम्पादन गरेका हुन् । त्यस्तै, नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको चलचित्र ‘मंगलम’ मा छविराज ओझा कार्यकारी निर्माता रहेका छन् । नवल नेपालको निर्देशन रहेको चलचित्रमा ‘मंगलम’ मा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्माको अभिनय छ ।
विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन रहेको चलचित्रमा गोविन्द र नवल नेपालको संवाद रहेको छ ।  डीआर फिल्मस् र टुका इन्टरटेनमेन्टले संयूक्त रुपमा निर्माण गरेको चलचित्रमा गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको छ ।
चलचित्र ‘गाजा बाजा’ मा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायत कलाकारको मुख्य अभिनय रहेको छ । याकोपो रास्लिकको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको चलचित्रलाई दिपेन्द्र रेग्मी र गोमा विष्ट थापाले निर्माण गरेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video