‘भैरे’ को ‘सान्नानीलाई भेट्न आउँदा’ सार्वजनिक, बसन्तले गीत गाउदा कम्मर मर्काउने को ?(भिडियो)

काठमाडौं–
शुक्रवार राजधानीमा एक कार्यक्रम आयोजनाका साथ चलचित्र ‘भैरे’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । चलचित्र ‘भैरे’ को निर्माण टिम तथा कलाकारहरुको उपस्थितिमा ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्रका निर्माण टिम तथा कलाकारहरुले चलचित्रको गीतसंगीत तथा विभिन्न बिषयमा बोलोका थिए ।आज सार्वजनिक भिडियोमा अभिनेता द्वय विक्रान्त बस्नेत, बुद्धि तामाङ तथा अभिनेत्री वर्षा सिवाकोटी फिचर छन् । बसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा यम बराल, बसन्त सापकोटा र मेलिना राईको स्वर सुन्न सकिन्छ ।

हेर्नुस भिडियोः

नृत्य निर्देशनको जिम्मेवारी सम्हालेका कविराज गहतराजले गीतमा गीतमा फरक कन्सेप्ट प्रयोग गरेको बताएका छन् । त्यस्तै, छायाँकार पुरुषोत्तम प्रधानले गीतको छायांकनमा निकै राम्रो कलाको प्रयोग गर्न भ्याएका छन् । चलचित्रको निर्देशन तथा कथा लेखन एभरेष्ट सूर्य बोहराले गरेका हुन् । प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको चलचित्रमा दयाहाङ राई, सुरक्षा पन्त, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायत कलाकारहरुको मुख्य अभिनय देख्न सकिन्छ ।

करुणाकर घिमिरे, सविता गुरुङ र कुमार बस्नेत चलचित्रका सह–निर्माता रहेको चलचित्रमा सूर्य थोक्करको द्वन्द्व तथा बनिष शाहको सम्पादन रहेको छ । आगामी वर्ष २०७५ को जेठ १८ गते चलचित्रको प्रदर्शन मिति तय गरिएको छ ।  कलाकार बुद्धी तामाङले चलचित्रका बारेमा विभिन्न स्मरण सुनाएका थिए । त्यस्तै संगीतकार बसन्त सापकोटा तथा संगीतकार महेश खड्काले समेत गीत संगीतकाबारेमा जानकारी गराएका थिए ।

यो पनि हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video