‘द ब्रेकअप’ मा आशिरमान र शिल्पा

काठमाडौं–
शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्र ‘द ब्रेकअप’ निर्माणको घोषणा गरिएको छ । गतबर्ष नै निर्माण हुने भनेर चर्चा गरिए पनि आज मात्रै निार्मणको घोषणा गरिएको हो । चलचित्रका निर्माता समेत रहेका रोहित अधिकारीले आइतबारदेखि चलचित्रको छायांकन सुरु हुने जानकारी गराए । चलचित्र निर्माण घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै निर्देशकको जिम्मेवारी पाएका हेमराज वीसीले कथावस्तु चित्त नवुझेका कारण छायांकन केहि समय पोष्टपोन्ड प्रष्ट पारे ।

उनका अनुसार चलचित्र ‘ग्याङस्टार ब्लूज’को असफलताको कारण पनि चलचित्र ‘ब्रेकअप’ केहि समय पर धकेलिएको हो । उनले चलचित्र रोमान्टिक कमेडी प्रेमकथामा निर्माण हुने बताए ।आशिरमान देशराज जोशी मुख्य चलचित्रको नेन्द्रीय पात्रका रुपमा रहने भएका छन् । जोशीका अलवा सलोन बस्नेत, रेमनदास श्रेष्ठ, शिल्पा मास्के, सरोज खनाल, नव–कलाकार इच्छा कार्की आदिको चलचित्रमा मुख्य भूमिका रहने जनाईएको छ । नेपाल र अष्ट्रेलियामा चलचित्रको छायांकन गर्ने तयारी गरिएको छ ।

चलचित्रबाट आशिरमान बाहिरिएको भन्ने बारे बीसीले भने–‘यो गलत हल्ला हो । हामीले, उत्कृष्ट चलचित्र बनाउने भनेर नै कथावस्तुमा फोकस गर्दा केहि ढिला हुन गएको हो ।’ पत्रकार सम्मेलनमा उपस्थित भएका नायक आशिरमान देशराज जोशीले पत्रकार सम्मेलनमा आफू उपस्थित भएपछि आफू चलचित्रबाट बाहिरिएको भन्ने कुरा हलला सावित भैसकेको बताए । आगामी बर्षको भदौ १५ गते चलचित्र प्रदर्शनको मिति तय गरिएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video