‘पञ्चायत’ हेर्न राजनीतिक नेताको ओईरो, नितामाथि प्रचण्डदेखि झलनाथसम्मको पर्यो यस्तो नजर (भिडियोसहित)

काठमाडौं–
चलचित्र ‘पञ्चायत’ को प्रिमियर हेर्न पुगेका नेपाली राजनीति क्षेत्रका अधिकांश शीर्ष नेताले चलचित्रको कथावस्तुको निकै प्रशंसा गरेका छन् । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल झलनाथ खनालदेखि पूर्व गृहमन्त्री जनार्दन शर्मा, बर्षमान पुन लगायतले चलचित्रको कथावस्तु तथा कलाकारको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।

माआवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्डले चलचित्रको कथावस्तु, अभिनेता सरोज खनाल तथा नायिका निता ढुंगानाको निकै दिल खोलेर प्रशंसा गरेका छन् । त्यस्तै, उनले नायिका नितातिर कर्के नजरले हेर्दै उनको भविष्य उज्जवल रहेको बताएका थिए । तर, उनले कथावस्तु तथा प्रस्तुतिमा केही अन्तरविरोध रहेको बताएका छन् । एमाले नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले अभिनेता खनाल तथा नायिका ढुंगानाको प्रशंसा गर्न कुनै कन्जुस्याई गरेनन् । चलचित्र हेर्न उपस्थित नेताहरुले उतिवेलाको पञ्चायती व्यवस्थाको समेत स्मरण गरेका थिए । 

गणेश गिरीको प्रस्तुति तथा सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानी रहेको चलचित्रमा ग्रामीण परिवेश र पुरानो संस्कृति झल्काउने प्रयास गरिएको छ । कार्यकारी निर्मातामा सञ्चारकर्मी रवि अधिकारी रहेका छन् भने शिवम अधिकारीले लेखन तथा निर्देशनको जिम्मेवारी निभाएका छन् । टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन रहेको चलचित्रमा सरोज र निताको अलवा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको प्रमुख भूमिका रहेको छ ।

प्रिमियर हेर्न उपस्थित नायिका निताले आफूले अन्तराष्ट्रिय स्तरमा चलचित्र मार्फत नाम राखिसकेकाले अब नेपाली दर्शकहरुले कसरी हेर्नुहुन्छ हेर्न बाँकी रहेको बताईन् । त्यस्तै, अभिनेता सरोज खनालले नेपाली पन बोकेको यस्तो चलचित्र पनि दर्शकले मन पराउनुभएन र हेर्न आउनुभएन भने कस्तो चलचित्र बनाउने भनेर सोच्ने अबस्था उत्पन्न भएको बताए । चलचित्र हेर्न पुगेका अधिकांश मन्त्रहिरुले पुरै चलचित्र हेरेका थिए । राजनीतिक दलका शीर्ष नेताहरुले चलचित्र हेरेर प्रशंसा गरेपछि निर्माण टिम निकै हौसिएका थिए ।

हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video