काठमाडौंका हल–हलमा ‘मंगलम’का कलाकार, नायक पुष्पलप्रति केटीहरुको क्रेज यस्तो देखियो (भिडियो)

काठमाडौं–
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मंगलम’ को हल प्रतिक्रिया बुझ्न चलचित्रको निर्माण टिम काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग खुशियाली साटेका छन् । शनिबार गोपीकृष्ण हलबाट अष्टनारायण हलसम्म पुग्दा दर्शकको भिडले चलचित्रको निर्माण टिम तथा कलाकारहरुलाई भव्य रुपमा स्वागत गरेको देखियो । चलचित्रका निर्देशक नवल नेपाल सहित नायिका तथा प्रस्तुतकर्ता समेत रहेकी शिल्पा खोखरेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाइ लगायत कलाकार हलसम्म पुग्दा दर्शकको भिड थामिनसक्नुको देखिएको थियो ।

चलचित्रका कलाकारको टोली अष्टनारयण हल बालाजु वाइपासमा पुग्दा दर्शकहरुको अभिनेता पुष्पलप्रति निकै नै क्रेज देखिएको थियो । उनलाई दर्शकहरले पुष्पल भन्दा पनि चलचित्रको क्यारेक्टर दिपक नामले बोलाईरहेका थिए । प्रस्तुतकर्ता समेत रहेकी नायिका शिल्पा, निर्देशक नवल नेपाल तथा अभिनेता पुष्पल दर्शकको माँयाले निकै मख्ख देखिएका थिए । सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै नायिका तथा प्रस्तुतकर्ता शिल्पाले दर्शकबाट सोचेको भन्दा पनि मायाँ पाउदा निकै खुशी लागेको बताईन् ।

त्यस्तै, निर्देशक नेपालले आफूहरुको मिहिनेत अनुसार दर्शकले मायाँ दिएको भन्दै खुशी व्यक्त गरे । त्यस्तै, पुष्पलले आफूले दर्शकहरुलाई निकै मिहिनेत गरेर दिएकाले चलचित्र राम्रो बनेको बताए । उनले जति राम्रो दिन्छु भने पनि केही कमी कमजोरी भने भैरहने बताए । कलाकारको टोली हलसम्म पुग्दा उपस्थित दर्शकले आफूलाई मन पर्ने कलाकारसँग सेल्फी खिच्न भ्याइ नभ्याई गरेका थिए । मुख्यताया पुष्पलप्रति केटी फ्यानहरुको क्रेज हेर्न लायक थियो ।

नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको चलचित्र ‘मंगलम’ मा छविराज ओझा कार्यकारी निर्माता रहेका छन् । नवल नेपालको निर्देशन रहेको चलचित्रमा ‘मंगलम’ मा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्माको अभिनय छ ।
हेर्नुस भिडियोः

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video