‘फरहान अख्तर लाइभ इन नेपाल’ का लागि फरहान अख्तर नेपाल आउदै

काठमाडौं–
चैत तेस्रो साता काठमाडौंमा हुने कन्सर्टका लागि बलिउड अभिनेता फरहान अख्तर नेपाल आउदैछन् ।
चैत २४ गतेमा काठमाडौंको तारे होटल हायत रिजेन्सीमा आयोजना हुन लागेको ‘फरहान अख्तर लाइभ इन नेपाल’ मा भाग लिन निर्देशक, निर्माता, लेखक तथा पार्श्व गायक समेत रहेका फरहान नेपाल आउन लागेका हुन् । रोयल च्यालेन्ज र नज्ज्य इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको कन्सर्टमा फरहानले नेपाली दर्शकलाई ‘एक जुनून’, ‘सोचा है’, ‘तुम हो तो, ‘रक अन’ जस्ता आफूले गाएका गीत सुनाउने आयोजकले जनाएको छ ।

दिउँसो ३ बजेदेखि सुरु हुने कन्सर्टका लागि टिकट मूल्य २ हजार र ४ हजारको तोकिएको छ । कलाकार फरहालाई बलिउडमा भर्षटाईल कलाकारका रुपमा चिनिन्छ । उनका नेपालमा पनि ठुलो संख्यामा फ्यान रहेका छन् । उनले ‘दिल चाहता है’, ‘लक्ष्य’, ‘डन’ लगायतका चर्चित चलचित्र निर्देशन गरेका छन् ।उनले ‘द फकिर अफ भेनिस’ बाट अभिनय यात्रा थालेका हुन् ‘रक अन’, ‘भाग मिल्खा भाग’, ‘जीन्दगी ना मिलिगी दोबारा’ लगायतका चलचित्रमा समेत उनको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video