प्रतिक्षित चलचित्र ‘तिमीसँग’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं–
चैत २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘तिमीसँग’ को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक ट्रेलरमा एक्सन, लभ, रोमान्स तथा ड्रामाको समिश्रण रहेको छ । निर्देशक शिशिर राणाको निर्देशनमा निर्माण भएको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन आदिको मुख्य भूमिका रहेको छ ।

त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको चलचित्रमा शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीले संयुक्त रुपमा पटकथालेखन रहेको छ । यसअघि सार्वजनिक दुई गीत चर्चामा आएसँगै चलचित्र एकाएक चर्चामा आएकाले धेरैजनाको प्रतिक्षित समेत बनेको थियो । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन रहेको चलचित्रमा रोशन भट्टराईको एक्सन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video