दर्शकको रोजाईमा कमेडी जनराको चलचित्र ‘हुर्रे’

काठमाडौं–
गत शुक्रबारदेखि तीन नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आएका छन् । एकैपटक तीन नयाँ चलचित्र प्रदर्शनमा आउनाले नेपाली दर्शकले रोजेर चलचित्र हेर्ने अबसर पाएका छन् । नेपाली दर्शकले चलचित्र रोजी रोजी हेर्न पाईरहदा चलचित्र निर्माताहरुलाई भने आफ्नो चलचित्रको व्यापार कस्तो भयो भन्ने पिरलोले निकै सताईरहेको देखिन्थ्यो । दर्शकको प्राथमिक्तामा पर्ने चलचित्रले पक्कै पनि उल्लेख्य व्यापार गर्न सफल भएको देखिन्छ ।

दर्शकको प्रतिक्षित चलचित्रको रुपमा रहेको ‘हुर्रे’ले दर्शकको राम्रै मन जित्न सफल भएको छ । कमेडी जनराको चलचित्र ‘हुर्रे’ लाई दर्शकले निकै मन पराएको निर्माण टिमले जनाएको छ । आफुहरुले चलचित्र मार्फत पस्किन खोजेको फरक स्वादलाई दर्शकहरुले निकै तारिफ गरेको निर्माण टिमले बताएको छ ।

निर्माण टिमले आइतबारबाट फिल्मप्रति दर्शकको साथ थप बढ्नेमा आशा लिएको जनाएको छ । यम थापाको निर्देशन रहेको चलचित्रमा अनुपबिक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, बिजय बराल, अंकित खड्का लगायतको मुख्य भूमिका रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video