गाँउले रोल र ट्याटुबारे मुख खोलिन साम्राज्ञीले, साम्राज्ञीको ट्याटु देखेर माग्नेलाई पनि ढाँडमा ट्याटु खोप्ने रहर (भिडियो)

काठमाडौं–
एउटा न एउटा फण्डा गरेर विवादमा आईरहने नायिका साम्राज्ञीराज्यलक्ष्मी शाहले केही समय अघि निकै विवादमा आएको ‘मलाई गाँउले रोल मन पर्दैन’ भन्ने कुरा आफूले नबोलेको बताएकी छिन् । उनले आफू कलाकार भएकाले जसतोसुकै पनि चरित्र निभाउन तयार रहेको समेत प्रष्ट पारेकी छिन् । साथै, उनको निकै विवादमा आएको ट्याटु काण्डकोबारेमा समेत उनले मुख खोलेकी छिन् ।
नायिका साम्राज्ञीले आफ्नो ट्याटुकोबारेमा धेरै मिडियाले बुझ्दै नबुझि समाचार सम्प्रेषण गरेको बताईन् । तर, केही मिडियाहरुले वास्तविक कुरा बुझेपछि राम्रो समाचार सम्प्रेषण गरिदिएको पनि बताईन् । नायिका साम्राज्ञीसँगै कर्यक्रममा उपस्थित माग्ने बुढाले कस्तो असजिलो ठाँउमा ट्याटु खोपेको भनेर साम्राज्ञीलाई प्रश्न समेत गरे ।
उनले आफुलाई पनि ढाँडमा ट्याटु खोप्न मन लागेको समेत खुलासा गरे । त्यस्तै, अर्का कलाकार तक्मे बुढाले पनि साम्राज्ञीको रुपको खुलेर प्रशंसा गरे । उनले साम्राज्ञीलाई साँच्चिकै चलचित्रमा खेल्ने जस्तै राम्री भनेर तारिफ गरे ।
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video