हलमै पुगेर रेखाले गरिन ‘मंगलम’ को यस्तो प्रशंसा, छवि पुत्र साकारको ‘डाइलग’ले रेखा र शिल्पा ठहरै(भिडियो)

काठमाडौं–
निर्माता छवि ओझाको पूर्व पत्नी समेत रहेकी नायिका रेखा थापाले छवि ओझाको चलचित्र ‘मंगलम’ को खुलेर प्रशंसा गरेकी छिन् । केही बर्ष अघि छविसँग छुट्टिएर अलग्गै बसेकी रेखाले ‘मंगलम’ का कलाकारसँग हलमै पुगेर चलचित्र समेत हेरीन् । उनले नेपाली चलचित्र मन नपराउने मानिसहरुलाई एकपटक यो चलचित्र हेर्न समेत आग्ह गरिन् ।

उनले प्रश्न गरिन्, ‘मंगलम’ जस्तो चलचित्र नहेर्ने नेपाली दर्शकले कस्तो चलचित्र खोजेको हो त ? चलचित्र हलमा पुगेकी रेखाले नायिका तथा प्रस्तुतकर्ता समेत रहेकी शिल्पा पोखरेल र नायक पुष्पल खड्काको अभिनयको दिल खोलेर प्रशंसा समेत गरिन् । चलचित्र हेरिसकेपछि सम्पूर्ण नारी जातीको प्रतिनिधित्व गरेको भन्दै उनले शिल्पाको प्रशंसा गरिन् । उनले शिल्पा, पुष्पल लगायत कलाकारसँग सेल्फि समेत खिच्न भ्याईन् । छवि पुत्र समेत रहेका निर्माता साकार ओझाले आफूले अब चलचित्र निर्माण गरेपछि रेखा र शिल्पाको साटो अरु नयाँ नायिका पनि छनौट हुन सक्ने संकेत गरे ।

उनले रेखा बच्चादेखिको साथी भएतापनि र शिल्पा पनि चिनेजानेकै भएपनि उनीहरुको चरित्र मेल खाने नदेखिएमा अन्य पात्र छान्न सक्ने बताए । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र विभिन्न हलहरुमा हाउसफूलका साथ चलिरहेको छ । नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको चलचित्र ‘मंगलम’ मा छविराज ओझा कार्यकारी निर्माता रहेका छन् । नवल नेपालको निर्देशन रहेको चलचित्रमा ‘मंगलम’ मा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्माको अभिनय छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video