चलचित्र सम्बन्धि रियालिटी शो ‘नेपाल्स मेगा सिनेस्टार’ को औपचारिक घोषणा, माल्भिकादेखि निश्चलसम्म निर्णायक(भिडियो)

काठमाडौं–
नेपालमा चलचित्रसँग सम्बन्धित रियालिटी शो हुने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर उक्त कुराको जानकारी गराईएको हो । ‘ओ मेगा इन्टरटेनमेन्ट’ को प्रस्तुतीमा हुन लागेको ‘मेघा सिनेस्टार’ एपी वान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । विजेताले २० लाख नगद र एउटा कार प्राप्त गर्ने कार्यक्रम निर्देशक प्रवेश सम्राट बरालले जानकारी दिए । 

‘विजेतालाई तोकिएको राशीसँगै एक फिल्ममा अभिनय गर्ने सूवर्ण अवसर पनि प्रदान गर्ने छौं । गाउँ-गाउँमा रहेका प्रतिभालाई संसारभर चिनाउनका लागि हामीले ‘नेपाल्स मेघा सिनेस्टार’ सुरु गर्न लागेका हौं ।’

आउँदो २८ चैतदेखि यसको अडिसन सुरु हुनेछ । बरालका अनुसार काठमाण्डौ, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, वीरगञ्ज, इटहरी गरेर नेपालका ७ प्रमुख शहरहरुमा अडिसन हुनेेछ ।

आयोजकले जनाए अनुसार उक्त रियालिटी शो को निर्णायकहरुमा चलचित्र निर्देशक शोभित बस्नेत, पूर्व मिस नेपाल माल्भिका सुब्बा तथा निर्देशक निश्चल बस्नेत रहेका छन् ।

निर्देशक बस्नेत लामो समयदेखि नेपाली सिने क्षेत्रमा निरन्तर क्रियाशिल रहेका छन् । उनले थुप्रै चलचित्र निर्देशन तथा निर्माण गरिसकेका छन् । त्यस्तै पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि कलाकारिता क्षेत्रमै क्रियाशिल छिन भने निश्चल बस्नेतले केही समय अघि मात्रै निकै फरक धारको चलचित्र ‘२ रुपैया’ निर्देशन गरेर चर्चा कमाएका छन् ।

आज कार्यक्रममा उपस्थित बरिष्ठ चलचित्रकर्मीले यो रियालिटी शो बाट उत्कृष्ट प्रतिभा छानिने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ चलचित्रकर्मी यादव खरेलसँगै तीन निर्णयकहरुले संयुक्त रुपमा रियालिटी शो को अफिसियल पोष्टर सार्वजनिक गरेका थिए । गायक सन्तोष लामाले उक्त शोको होस्ट गर्नेछन् । आयोजले जनाए अनुसार उक्त प्रतियोगितामा सबै उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने छन् ।

हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video