मोफसलको ‘रोड कन्सर्ट’ मा रम्दै ‘शत्रु गते’ टिम (फोटोफिचर)

काठमाडौं–
चैत ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षित चलचित्र ‘शत्रु गते’ को निर्माण टिमदेखि कलाकारसम्म मोफसलको यात्रमा निस्किएका छन् । पछिल्लो समय प्राय निर्माण टिमले ‘रोड कन्सर्ट’ लाई प्रचार प्रसार टुल बनाए जस्तै ‘शत्रु गते’ ले पनि पच्छाएको देखिएको छ । यो तरिका दर्शकलाई हलसम्म तान्ने गतिलो माध्यम सावित पनि भएको छ । । हजारौ दर्शकलाई एकसाथ फिल्मको विषयमा जानकारी दिँदै कलाकारले आफ्नो प्रस्तुती दिँदा फिल्मप्रति दर्शकको चासो थप बढ्ने गर्छ ।
यसको प्रभावले चलचित्रको ब्यापार पनि बढ्ने गरेको निकै उदाहरण देखिएका छन् ।

यद्यपि, सबै चलचित्रले यस्ता कन्सर्ट आयोजना गर्न भने समर्थ हुँदैनन् । खर्च धेरै लाग्ने भएका कारण ठूला ब्यानरका तथा प्रतिक्षीत फिल्मले मात्रै यस्ता कन्सर्ट गर्ने गरेका छन् । ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नामको यो यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले लगायत कलाकार रहेका छन् ।

निर्माण टिमका अनुसार मोफसलका दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने उद्देश्यले फिल्मको मोफसल टुर गरिएको हो । हेटौंडाबाट सुरु भएको कन्सर्टको यात्रा फागुन ३० गतेसम्म चल्ने बताईएको छ । यतिबेला फिल्मको जम्बो टिम पूर्व लागेको छ । बिर्तामोड, दमक र इटहरीमा ‘शत्रु गते’ को सांगीतिक कन्सर्ट हुन बाँकी छ । कन्सर्टमा सहभागी कलाकार तथा प्रस्तुतकर्ता किरण केसीले मोफसलका अधिकांश ठाउँमा दर्शकको उपस्थिति उल्लेख्य रहेको र आफूहरु उत्साहित भएको बताए ।

उनले भने, ‘हामीले जहाँ कार्यक्रम गर्‍यौं त्यहाँ दर्शकको भीड थामिसक्नु छैन । अधिकांश दर्शकले फिल्म हेर्न आतुर रहेको बताउनुभएको छ । हामी दर्शकको साथ र मायाबाट थप उत्साहित भएका छौं ।’ कन्सर्टमा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य ‘हरिबहादुर’ र कलाकार दीपाश्री निरौला ‘प्रहरी’ बनेर प्रहसन गरेका छन् । पल र आँचलले ‘पिरतीको बर्को’ गीतमा आफ्नो नृत्य प्रस्तुत गर्दा किरण केसी र शिवहरी पौडेलको कमेडीले दर्शकलाई हसाँएको छ ।

यस्तै, गायिका जुनु रिजालले ‘शत्रु गते’ का गीत गाएर दर्शक नचाएकी छिन् । यस फिल्मलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको हो भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । हरिवंश आचार्यको कथा रहेको चलचित्रमा पटकथालाई निर्देशक प्रदीप भट्टराई र दीपकराज गिरी लेखेका हुन् । त्यस्तै, निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्य मिलेर संवाद तयार पारेका हुन् ।

मल्टिस्टार कलाकार रहेको चलचित्र प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको हो । चलचित्रमा हरिवंशका अलवा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जनलगायतका कलाकारको मुख्य अभिनय रहेको छ । दिर्घ गुरुङको यसमा छायांकन रहेको चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । महसञ्चारको प्रस्तुति रहेको चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video