‘रिएल लाइफ’मै दुलही बनिन् नायिका अशिष्मा

काठमाडौं–
नायिका अशिष्मा नकर्मी लगनगाँठोमा कसिएकी छिन् । सोमवार नायिका नकर्मीले बानेश्वरका स्थायी बासिन्दा नविन प्रधानसँग घरबार जोडेकी हुन् । हप्ता दिनकै चिनजानपछि उनीहरु मागी विवाह गर्न राजी भएका हुन् । अमेरिकामा बस्दै आएका प्रधान पेशाले चार्टर्ड अकाउन्टेन्ट हुन् । अशिष्मामाका भाइको साथी रहेका नविन र अशिष्माको कालिमाटीस्थित एक बैंकेटमा नेवारी परम्परा अनुसार भएको हो ।

नेवारी फिल्म र म्युजिक भिडियोमा राम्रो पहिचान बनाएकी अशिष्मा सन् २००३ बाट नेपाली फिल्म क्षेत्रमा सक्रिय छिन् । ‘अन्तराल’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका नकर्मीले ‘अर्धकट्टी’ ‘राघव’, ‘तोरी लाउरे’, ‘लभ यु बाबा’, ‘बाटो मुनिको फूल २’, ‘संरक्षण’ लगायत चलचित्रमा अभिनय गरेकी छिन् । अशिष्माले सोमबार साँझ फिल्मीकर्मीलाई बिहे भोजमा निम्तो समेत दिएकी छिन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video