‘नेप्टे’ को ट्रेलर सार्वजनिक, ट्रेलरमै बुद्धीले हसाँएर हैरान (भिडियो)

काठमाडौं–
चलचित्र ‘नेप्टे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमका साथ दयाहाङ राई स्टारर चलचित्र ‘नेप्टे’ ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको मायाँ प्रेममा दयालाई भिलेन देखाईएको छ ।

सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सनको समिश्रण देखाईएको छ ।  ए गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारले निकै हँसाएको ट्रेलरलाई हेर्दा चलचित्र कमेडी जनरामा बनेको प्रष्ट हुन्छ । सार्वजनिकसँगै ट्रेलरले युट्युबमा दर्शकको उल्लेख्य साथ पाउने लक्षण देखाएको छ । किरण माइकलको पटकथा एवं संवाद रहेको चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नायक रोहित रुम्बाले निर्माण गरेको चलचित्रलाई हरी घले लामाले खिचेका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्रमा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । अभिनेता जय किशन बस्नेतलाई समेत चलचित्रमा देख्न सकिन्छ । चलचित्र चैत ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video