आगामी भदौ १ ‘मिस्टर भर्जिन’ को रिलिज डेट पक्का

काठमाडौं–
आउदो बर्ष वर्ष २०७५ को भदौ १ गतेबाट नेपाली चलचित्र ‘मिस्टर भर्जिन’ देशैभर प्रदर्शनमा आउने पक्का भएको छ । वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली को ब्यानरमा निर्माण भएको चलचित्र तीन युवाको यौन मनोविज्ञानको कथामा निर्माण भएको हो ।

१ करोड लागतमा निर्माण भएको भनिएको चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सागर ढकाल, सिर्जना सुब्बा लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।

विशारद बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेत निर्माता रहेका छन् भने सह–निर्मातामा सन्दिप उप्रेती रहेका छन् । महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहेको चलचित्रमा सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संयुक्त संगीत रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video