सार्वजनिक भयो ‘कोहलपुर एक्सप्रेस’ को शिर्ष गीत

काठमाडौं–
म्यूजिक भिडियो निर्देशनमा ख्याति कमाएका म्यूजिक भिडियो निर्देशक विशाल भण्डारीले पहिलो पटक निर्देशन गरेको ‘कोहलपुर एक्सप्रेस’ को शिर्ष गीत सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको गीतको यो लिरिकल भिडियो मात्र हो । सार्वजनिक गीतमा चलचित्रमा समावेश केही रोचक तस्विरहरु पनि देखाइएको छ । विजय बस्यालले तयार पारेको गीतको एनिमेड भिडियोलाई देखाईएको छ ।

बैशाख १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा केकी अधिकारी, विनोद न्यौपाने, ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ । निर्देशक भण्डारी स्वयमको कथा रहेको चलचित्रलाई अर्जुन तिवारीले खिचेका हुन् । निर्मात्रीको रुपमा केकी अधिकारी रहेको चलचित्रमा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई निर्माताका रुपमा रहेका छन् । तीन यूवतीको कथामा बनेको चलचित्रमा शान बस्नेतको कथा र लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

सुन्नुहोस् गीत :-

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video