रणवीरसँग रोमान्स गर्न प्रियालाई ‘सिम्बा’ मा जुर्यो साईत

एजेन्सी–
भारत केरलाकी नायिका प्रिया प्रकाश वारियरले बलिउडमा डेब्यु गर्ने निश्चित भएको छ । एउटा भिडियो जसमा आँखा झिम्क्याएको क्लिपका कारण उनी निकै चर्चामा समेत आएकी थिईन् । प्रियाले हालैमात्र निर्देशक रोहित शेट्टीको फिल्म ‘सिम्बा’ साइन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बलिउड स्टार रणवीर सिंह फिल्ममा लीड रोलमा रहेका छन् ।

आँखा झिम्क्याएको भिडियो भाइरल भएपछि यतिबेला प्रियालाई धेरै फिल्मबाट अफर आइरहेको छ । ‘सिम्बा’ लाई को–प्रोड्यूस गरिरहेका करण जौहर पनि फिल्ममा प्रियालाई अनुबन्धित गर्न चाहन्थे । प्रियाले यसअघि नै रणवीरसँग काम गर्ने इच्छा रहेको सार्वजनिक गरेकी थिईन् ।

‘फिल्ममा हिरोइनको रोल धेरै छैन । तर, प्रिया आँखा झिम्क्याएरै रातारात हिट भइन् । अहिले बलिउडले उनलाई संभावना बोकेको नायिकाको रुपमा हेर्न थालेको छ ।’ आजतक अनलाइनमा लेखिएको छ ।

नयाँ कलाकार प्रिया प्रकाशले अभिनय गरेको मलयालम फिल्म ‘ओरु अदार लभ’ यतिबेला रिलिजको पखाईमा छ । प्रियाले आफ्नो पारिश्रमिक दुई करोड भारु पुर्यारएएको एक दक्षिण भारतीय अनलाइनले उल्लेख गरेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video