‘भिमसेन’ को शुभ मुहूर्त सम्पन्न

काठमाडौं–
राजधानीमा एक कार्यक्रमकाबीच नेपाली चलचित्र ‘भिमसेन’ शुभ मुहूर्त गरिएको छ । युवी फिल्मस् ग्यालरीको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण टिम तथा कलाकारको उपस्थितिमा शुभ मुहूर्त गरिएको हो ।भोमन कटुवालको निर्देशनमा निर्माण हुने चलचित्र कमेडी, लभ र एक्सन प्रधान बन्ने निर्माण टिमले जनाएको छ ।

कला राईले निर्माण गर्ने चलचित्रमा पुराना भन्दा पनि नयाँ कलाकारहरुको संख्या उल्लेख्य रहेको छ ।चलचित्रका मुख्य कलाकारहरुमा संगीत बाँनिया, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, राजन महर्जन लगायत रहेका छन् ।

राजु किराती राईको द्वन्द्व कथा राजन ढुंगेलको रहने चलचित्रमा संगीत सुनुवारको रहने बताईएको छ । काठमाडौं आसपासमा छायांकन गरिने चलचित्रलाई पवन गौतमले खिच्नेछन भने अनिल महर्जनले सम्पादन गर्ने छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video