५० सन्तान हुर्काईरहेकी साई आमाले बालबालिका र केही सिनेकर्मीसँगै मनाईन ६५ औं जन्मदिन (भिडियो)

काठमाडौं–
समाजसेवामा क्रियाशिल साई आमाले आज आफ्नो ६५ औं जन्मदिन मनाएकी छिन् । करिब ५० भन्दा बढी बालबालिकालाई आफ्नै सन्तान जस्तै हुर्काईरहेकी साई आमाले ५० बालबालिकासँगै केही सिनेकर्मी तथा पत्रकारहरुको उपस्थितिमा आफ्नो ६५ औं जन्मदिन मनाएकी हुन् । नविकरण अनाथ असहाय बालउत्थान समाज धापाखेल– १ ललितपुरमा रहेको आफ्नै निवासमा उनले बालबालिकाहरु तथा सिनेकर्मीहरुकोबीचमा केक काटेर जन्मदिन मनाएकी हुन् ।

उक्त अबसरमा उपस्थित बालबालिकाले साई आमाको दिर्घायूको कामना समेत गरेका थिए । अभिनेत्री लक्ष्मी गिरी, सरिता लामिछाने लगायतले आश्रममै उपस्थित भएर साई आमालाई जन्मदिनको शुभकामना दिनुको साथै बालबालिकासँग खुशियाली साटेका थिए ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video