यस्तो देखियो ‘भिमसेन’ को शुभ मूर्हत, को को छानिए कलाकार ? (भिडियो)

काठमाडौं–
मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजनासहित चलचित्र ‘भिमसेन’ को शुभ मूर्हत गरिएको छ । युवी फिल्मस् ग्यालरीको ब्यानरमा निर्माण हुने चलचित्रलाई भोमन कटुवालले निर्देशन गर्ने भएका छन् । यसअघि पनि चलचित्र मुक्ती निर्माण गरिसकेकी कला राई यो चलचित्रको निर्माता रहेकी छिन् । कमेडी, लभ र एक्सन प्रधानको समिश्रण रहने बताईएको चलचित्रमा पुराना कलाकारहरुको भन्दा नयाँ कलाकारहरुको बाहुल्यता धेरै रहेको छ ।

चलचित्रका मुख्य कलाकारहरुमा संगीत बाँनिया, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, राजन महर्जन लगायत रहेका छन् । राजु किराती राईको द्वन्द्व कथा राजन ढुंगेलको रहने चलचित्रमा संगीत सुनुवारको रहने बताईएको छ । जेठ २१ गतेदेखि काठमाडौं आसपासमा छायांकन गरिने चलचित्रलाई पवन गौतमले खिच्नेछन भने अनिल महर्जनले सम्पादन गर्ने छन् ।

५० लाखभन्दा माथी निर्माण लागत लाग्ने निर्माण टिमले अनुमान गरेको बताईएको छ । निर्देशक कटुवालका अनुसार चलचित्रमा अझै केही कलाकारहरु छनौट गर्न बाँकी रहेको छ । चलचित्रको शुभ मूर्हत कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र वितरक तथा निर्माता गोपालकाजी कायस्थ तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कार्यक्रममा उपस्थित भएर चलचित्रलाई शुभकामना व्यक्त गरेका थिए ।

हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video