५३ औं जन्म दिन मनाउदै बलिउड स्टार आमिर खान

काठमाडौं–
१४ मार्च बलिउड स्टार आमिर खानको जन्मदिन हो । बलिउड फिल्म जगतकै ‘मिस्टर परफेक्शनिष्ट’ आमिर खान आजदेखि ५२ वर्ष पुरा भई ५३ वर्षमा प्रवेश गरेका छन् । १४ मार्च १९६५ मा मुम्बईमा जन्मेका आमिर आफ्नो जन्मदिन साधारण तरिकाले मनाउँछन् ।
परिवार र साथी–भाइबीच केक काट्छन् । उनीहरूसँगै रात्रिभोज गर्छन् । रात्रिभोजमा आमिरकी आमाले विशेष गरी शिख कबाब पकाउँछिन् । जो आमिरलाई अति मन पर्छ ।

बलिउड स्टार आमिरले निकै राम्रा र चर्चित फिल्ममा अभिनय गरेका छन् । उनी करिअरको सुरुवातमा आफ्नो चकलेटी छविले लाखौँको मन जित्न सफल भएका कलाकार हुन् । पछिल्लो समय आमिरले वर्षमा लगभग एउटा मात्र फिल्म खेल्ने गरेका छन् । अमिरले १९७३ मा ‘यादो की बारात’ फिल्ममा बाल कलाकारको अभिनयबाट आफ्नो करियर सुरु गरेका हुन् ।

१९८४ मा बनेको फिल्म ‘होली’ बाट उनी अभिनेतका रुपमा दर्ज भएका हुन् । ‘लगान’, ‘दिल चाहता है’, ‘तारे जमिन पर’, ‘गजनी’, ‘पीके’, ‘थ्री इडियट्स’, ‘धूम–३’, ‘दंगल’ जस्ता ब्लकबस्टर फिल्मबाट उनले आफ्ना दर्शकको मन जित्न सफल भएका छन् ।आमिर खान अहिले एक वर्षमा वा दुई वर्षमा एउटा फिल्म गर्छन् । तर, एक समय यस्तो थियो उनका एकै वर्षमा चार(पाँचवटासम्म फिल्म रिलिज हुन्थे । सन् १९९० मा उनका पाँचवटा फिल्म रिलिज भए । बक्स अफिसमा सय करोड क्लबको सुरुवात आमिर खानको ‘गजनी’ ले गरेको थियो । पहिलो पटक सय करोड क्लबमा प्रवेश गर्ने फिल्म आमिर खानको ‘गजनी’ हो । त्यस्तै, आमिरले भारतीय सिनेमाको ईतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म ‘पिके’ दिएका छन् ।

अहिलेसम्मको ईतिहासमा उनको ‘पिके’ ले सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको छ । ‘पिके’ ले वल्डवाइड ७ सय ९२ करोड कमाएको छ । त्यस्तै उनको अर्को सिनेमा ‘दंगल’ ले भारतमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको छ । २०१६ मा रिलिज भएको ‘दंगल’ ले भारतमा मात्रै ३ सय ८६ करोड कमाएको छ । आमिरले जीवनमा दुई पटक विवाह गरे । उनले पहिले विवाह रीना दत्तसँग सन् १९८६ मा गरे । उनले बलिउडको स्टार बन्नु भन्दा पहिले नै विवाह गरेका थिए । छिमेकमा रहने रीनासँग विवाह गरेर दुई सन्तानका पिता बनिसकेका आमिरले सन् २००२ मा उनलाई डिभोर्स दिए ।

आमिरले रीनालाई डिभोर्स दिनुको कारण हो एक्स्ट्रा म्यारिटियल अफेयर । फिल्म ‘लगान’ को सुटिङ क्रममा आमिर किरण रावसँग नजिकिए । किरणको प्रेममा चुर्लुम्म डुबेका उनले रीनालाई डिभोर्स दिएर किरणसँग सन् २००५ मा विवाह गरे । विवाह पछि किरण र आमिर एक छोराका माता–पिता बनिसकेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video