दिलीप र प्रियंका ‘नाई नभन्नु ल ५’ मा एकसाथ देखिने

काठमाडौं–
चौथो सिरजिसम्म बनेर सबै सिरिज लगभग हिट भएका ‘नाई नभन्नु ल’ को पाँचौ सिरिज पनि बन्ने भएको छ । निर्माता तथा निर्देशक विकासराज आचार्य ‘नाई नभन्नु ल ५’ को निर्माण तयारीमा जुटेका छन् । चैत १ गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रमा अभिनय गर्ने कलाकारको टुंगो लागिसकेको निर्देशक आचार्यको भनाई रहेको छ ।

सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद रहने यो चलचित्रमा पुराना कलाकार अभिनेत्री प्रियंका कार्की र बाल कलाकार अनुभव रेग्मी दोहोरिने निर्माण टिमले जनाएको छ । चलचित्रमा मुख्य भूमिकामा स्वस्तिमा खड्का, अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसीलाई देख्न सकिने निर्देशक आचार्यको भनाई रहेको छ ।

यसबाहेक चलचित्रमा एक नयाँ नायक भित्र्याउने तयारीमा निर्देशक आचार्य रहेका छन् ।यो चलचित्रमा प्रियंकाले स्वस्तिमाको आमाको भूमिका निभाउने बुझिएको छ । यसअघि ‘छक्का पञ्जा २’ मा पनि स्वस्तिमाले प्रियंकाको छोरीको भूमिका निर्वाहा गरेकी थिइन् ।

‘नाई नभन्नू ल’ भन्नासाथ मीठो संगीत, इमोसनल कथा र मन छुने संवाद आदि बिशेषतका रुपमा लिन सकिन्छ । त्यसमाथि ‘नाई नभन्नू ल’ मा संगीत त चलचित्रको मुटुनै मुटुनै मानिन्छ । बसन्त सापकोटाको संगीत रहने ‘नाई नभन्नु ल ५’ मा , पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहने बताईएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video