‘ब्रेक अप’ का बारे आशिरमानकी नायिका इच्छा कार्कीको यस्तो खुलासा (भिडियो)

काठमाडौं–
ब्युटीसियन प्रोफेसनमा रमाईरहेकी इच्छा कार्कीले चलचित्र ‘ब्रेक अप’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन् । केही दिन अघि मात्रै घोषणा भएको चलचित्र ‘ब्रेक अप’मा ईच्छाले नायक आशिरमान देशराज जोशीसँग स्क्रिन सेयर गर्दैछिन् । चलचित्रमा स्क्रिन सेयर गर्न लागेका नायक आशिरमानको उनले खुलेर प्रशंसा समेत गरिन् । उनले आशिरमानका क्रियाकलाप आफूलाई मन परेको बताईन् । आशिरमानको आमा रविनामार्फत आशिरमानलाई चिनेको बताउने ईच्छाले वास्तविक जीवन शैलिसँग हाफ्नो पनि मिल्ने बताईन् ।

नवनायिका इच्छाले आफ्नो जीवन र ‘ब्रेक अप’ मा आफ्नो रोल उस्तै भएको बताईन् । चलचित्र क्षेत्रमा आउने स्क्यान्डलहरुलाई आफूले सामान्य रुपमा ल्याउने समेत उनको भनाई थियो । आशिरमानसँग स्क्रिन सेयरमा देखिने नायिका कार्कीले अहिले सम्म दुईवटा नेपाली चलचित्र मात्र हेरेको बताईन् । उनी ‘ब्रेक अप’ का निर्देशक हेमराज वीसी मार्फत ‘ब्रेक अप’ खेल्न पुगेकी हुन् । हेमराज वीसीको निर्देशनमा बन्ने चलचित्रमा आशिरमान देशराज जोशी मुख्य नेन्द्रीय पात्रका रुपमा रहने भएका छन् । जोशीका अलवा सलोन बस्नेत, रेमनदास श्रेष्ठ, शिल्पा मास्के, सरोज खनाल, नव–कलाकार इच्छा कार्की आदिको चलचित्रमा मुख्य भूमिका रहने जनाईएको छ । नेपाल र अष्ट्रेलियामा चलचित्रको छायांकन गर्ने तयारी गरिएको छ ।
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video