यस्तो रह्यो रमेश उप्रेतीको ‘बर्थ डे’ सेलिब्रेसन’, माग्ने बुढा र पुजा शर्माले हँसाउनु हँसाए (भिडियो/फोटो)

काठमाडौं–
नेपाली सिने क्षेत्रका क्युट नायक रमेश उप्रेतीले आफ्नो जन्मदिन भव्य तरिकाले मनाएका छन् । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा सञ्चारकर्मीहरुकामाझ नायक उपे्रतीले आफ्नो जन्मदिन मनाएका हुन् । नायक उप्रेतीको जन्मदिनमा केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री पुजा शर्माले बर्थ डे पार्टीलाई हँसाएर निकै रमाईलो बनाएका थिए । कलाकारहरुले अभिनेता उप्रेतीलाई दिएको मोचा उपहारलाई हेरेर कलाकारहरुले पेट मिचेर हाँस्न पुगेका थिए ।

लामो समयदेखि चलचित्र क्षेत्रमा क्रियाशिल उप्रेतीलाई पुरानो हिरो भन्दा अभिनेता उपे्रतीले आफू माग्ने बुढा भन्दा नयाँ भएको भनेर हँसाएका थिए । रमेश उपे्रतीलाई सञ्चारकर्मीले कति बर्ष पुग्नुभयो भन्दा उनले आफूलाई ‘थर्टी’ भन्दा गन्न नआउने भनेर हँसाएका थिए । जन्मदिन मनाईरहेका अभिनेता उप्रेतीले ‘ऐश्वर्य’ ले आफूलाई जिम्मेवारी थपिदिएको र अब झन राम्रो चलचित्र बनाउने प्रतिज्ञा गरे । अभिनेता उप्रेती जति बोल्थे माग्ने बुढाले उनको कुरोलाई भूईमा खस्न नपाउदै हसाईहाल्थे ।

अभिनेता उप्रेतीको बर्थडे पार्टीमा चलचित्र ‘रामकहानी’ टिमका सबैजसो कलाकार उपस्थित रहेका थिए । माग्ने बुढाले रमेश उप्रेतीको अतितलाई समेत सरसर्ती सम्झिएका थिए । अभिनेता उप्रेतीले अभिनय गरेको ‘सोह्र बर्षे जोवन’ को गीत गाएर निकै रमाईलो गरेका थिए । नायिका शर्माले आउने दिन नायक उप्रेतीसँग सँगै चलचित्र खेल्ने इच्छा समेत व्यक्त गरिन् ।
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video