बैशाख ७ मा प्रदर्शन हुने ‘सुपर गोर्खे’ को प्रोमो सार्वजनिक

काठमाडौं–
बैशाख ७ गतेदेखी प्रदर्शनमा आउने फिल्म सुपर गोर्खे को प्रोमो रिलिज भएको छ । नायिका ऋचा सिंह ठकुरीको निर्माण तथा अभिनय रहेको फिल्मको प्रोमोमा कमेडी संवाद र द्वन्द्वका दृश्यहरु समावेश छन् ।

अबिर हाउस प्रा.लिको प्रस्तुती रहेको सुपर गोर्खे मा ऋचा सहित सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द क्षेत्री, सचिन केसी, कामना भुजेल, भानु डेभिड विष्ट लगायत कलाकारहरुको अभिनय रहेको छ । किरण माइकलको लेखन रहेको फिल्ममा चन्द्र पन्तको द्वन्द्व निर्देशन छ । विवाह पछि ऋचा फिल्म निर्माणमा फर्किएकी हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video