‘डमरुको डण्डीबियो’ को पहिलो गीत सार्वजनिक, डण्डीबियो खेल्दै खगेन्द्र (भिडियो)

काठमाडौं–
नेपालमा लोप हँदै गएको पुरानो खेल डण्डीबियोमा आधारित कथामा निर्माण भएको चलचित्र ‘डमरुको डण्डीबियो’ को पहिलो गीत सार्वजनिक गरिएको छ । अभिनयको क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सफल चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछानेको अभिनय रहेको यो चलचित्रको ‘तितेताते तितेताते झ्याप झ्याप’ बोलको गीत सार्वजनि गरिएको हो । शुक्रवार काठमाडौंमा एक कार्यक्रमका साथ सार्वजनिक सो गीतमा गीतमा चलचित्रका प्रमुख कलाकारहरु फिचरिङ छन् ।

अहिलेका जल्दाबल्दा तथा चर्चित संगीतकार कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत रहेको गीतमा एकतारे, काली र हर्क साउदले शब्द लेखेका हुन् । संगीतकार बाँसकोटाले कथा अनुसार आफूले गीत तयार पारेको जानकारी गराए । गीतमा खगेन्द्रसँगै मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवालाई डण्डीबियो सिक्दै गरेको देखाईएको छ ।  त्यस्तै, कलाकार अनुप बराल डण्डीबियो प्रशिक्षकको भूमिकामा देखिएका छन् ।

फयामिली स्पोर्टस् ड्रामा जनरामा निर्माण गरिएको चलचित्रमा अंकित खड्का, अशान्त शर्मा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार लगायत कलाकारको मुख्य अभिनय रहेको छ । विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् ।

७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको चलचित्रमा प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको छ । हरी हुमागाइँको छायांकन रहेको चलचित्र आउदो वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

हेर्नुस गीतः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video