शम्भुजीतको ‘चौका दाउ’ मा सन्तोष पन्तदेखि तक्मे बुढासम्मको अभिनय रहने, तर, नायक नायिका खोई (भिडियो)

काठमाडौं–
पुराना र चर्चित संगीतकार शम्भुजीत बाँसकोटाले चलचित्र निर्माणमा हात हाल्ने भएका छन् । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहेका बाँसकोटाको कथा तथा संगीतमा चलचित्र ‘चौका दाउ’ निर्माणको घोषणा गरिएको हो । बिहिबार राजधानीमा एक समारोहबीच यो चलचित्रको निर्माण घोषणा गरिएको हो । यो चलचित्रलाई शम्भुजीतका छोरा सौर्यजीव बासकोटाले निर्माण गर्न लागेका हुन् । बरिष्ठ संगीतकार बासकोटाको जन्मदिनको अबसर पारेर यो चलचित्रको निर्माण घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै बाँसकोटाले यो मनोरञ्जन प्रधान समाजिक चलचित्र हुने जानकारी सो कार्यक्रममा गराए । चलचित्रको आउदो बैशाखबाट छायाँकन सुरु गरिने उनको भनाई छ । यो चलचित्रलाई आगामी तिहारमा रिलिज गरिने तयारी गरिएको संगीतकार बाँसकोटाको भनाई छ ।यस अघि आठ ओटा चलचित्रमा कथा लेखिसकेका बाँसकोटाले ‘चौका दाउ’ आफ्नो कथामा मा निर्माण हुन लागेको नवौं चलचित्र भएको बताए । पूर्णेन्दु झाको निर्देशनमा निर्माण हुने चलचित्रमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह लगायत कलाकारको नाम घोषणा गरिएको छ ।

यस्तै निर्मल शर्मा, प्राज्ञहरु रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ पनि बिशेष भूमिकामा चलचित्रमा रहने बताईएको छ ।कलाकारहरुको चयनले नै चलचित्र हास्यप्रधान प्रेमकथामा आधारित भएर निर्माण हुने अनुमान लगाउन सकिन्छ । चलचित्रका नायक र नायिकाको चयन भैरहेको भन्दै नाम भने सार्वजनिक गरिएको छैन । यस अघि राजनीतिक चलचित्र ‘संरक्षण’ निर्देशन गरेका झाले आफ्नो पहिलो चलचित्र भन्दा ‘चौका दाउ’ फरक रहेको भएको बताए ।घोषणा सभामा बोल्दै अग्रज कलाकार सन्तोष पन्तले कथा ससक्त र रमाईलो रहेकाले आफूले यो चलचित्रमा अभिनय गर्न लागेको बताए ।

अर्का कलाकार विल्सन बिक्रम राईले नेपाली संगीत क्षेत्रका अग्रज श्रष्टा शम्भुजीत बाँसकोटाको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा काम गर्न पाउँदा खुसी लागेको छ भने। अग्रजहरुसँग काम गर्दा सिक्न पनि पाईन लोभ पनि लागेको उनले बताए । यो चलचित्रका निर्माताहरुमा मनोजराज भण्डारी र सौर्यजीत बासकोटा छन् ।

चलचित्रमा दीर्घ गुरुङको छायाँकन, शम्भुजीत बाँसकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत, बासकोटा सहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर, सुवास काफ्लेको निर्माण निर्देशन र नरेन्द्र खड्काका निर्माण सुपरिवेक्षण रहेको छ ।

हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video